कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । दुई बजेदेखि बोलाइएको बैठक चार बज्न लागेपछि मात्रै बसेको हो ।
जारी बैठकमा स्थानीय तहको निर्वाचन र संसदीय बोर्ड गठनका बारेमा केन्द्रित हुने बताइएको छ ।
बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।
यसअघि केन्द्रीय कार्यलयमा सभापति शेरबहादुर देउवा विरुद्ध डा. शेखर कोइराला समूहका विद्यार्थी तथा तरुणहरुले नाराबाजी गरेका थिए ।
गत बुधबार मनोनयन गरिएका भ्रातृ संस्था तरुण दल र विद्यार्थी संघमा सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया