पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन - प्रवक्ता खतिवडा
धनुषा - नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, ‘`हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ ।`
यस्तो अवस्थामा (नेकपा माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच तालमेल हुने उनको भनाइ थियो ।
कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताए । राष्ट्रियताको रक्षाका लागि, प्रतिगमनकारी षड्यन्त्रविरुद्ध र लोकतान्त्रिक एकताका लागि गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्नेमा गठबन्धन दलहरु एकमत रहेको उनले बताए ।
चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उल्लेख गर्दै खतिवडाले राष्ट्रियताका पक्षधर जुनसुकै शक्तिसँग आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
प्रवक्ता खतिवडाले घोषणापत्र तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै पार्टीले जारी गर्ने जानकारी दिए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया