चुनावमा माओवादी पहिलो पार्टी हुन्छ - मन्त्री पौडेल

बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले आज आयोजना गरेको राजनीतिक एवं वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताएका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको आरोप लगाए ।
`माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको छ` मन्त्री पौडेलले भने, `देशीविदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।`
पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनःनिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए ।
जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए ।
संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे ।
`हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन”, उनले भने, “माओवादीले प्राप्त गरेको उपलब्धि जीवन्त रहन्छन् । माओवादी पार्टीबाट सरकारको जिम्मा लिएका साथीले धोका दिए ।` उनले भने, `वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।`
मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरे ।
हिजोको स्थितिमा माओवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुढृढीकरण भएको उनको दाबी छ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया