चैतभित्र हातहतियार बुझाउनु पर्ने

मकवानपुर–इजाजत प्राप्त हातहतियार चैतभित्र बुझाउनु पर्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र बुझाउनु पर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैतभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धितलाई अनुरोध गरेको छ । प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शुक्रबार सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेका हुन् ।
केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार प्रशासन कार्यालय मकवानपुरले इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन पश्चात् फिर्ता हुनेगरी चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाईमा बुझाउन सूचना जारी गरेको हो ।
त्यस्तै, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार चैत मसान्त बुझाउन अनुरोध गरेको हो ।
ती हतियार नजिकका प्रहरी इकाईमा बुझाउन अनुरोध गर्दै निर्वाचन सम्पन्न पश्चात हतियार धनीले फिर्ता प्राप्त गर्न सक्ने समेत सूचनामा भनिएको उल्लेख गरिएको छ । सूचनाको बर्खिलाप गए कानून बमोजिम कारवाही गरिने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनाबाट जानकारी दिइएको हो ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया