शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

बालिका बलात्कारका दोषीलाई १८ वर्ष कैद सजाय

मकवानपुर – १२ वर्षीय बालिका बलात्कारका दोषीलाई मकवानपुर जिल्ला अदालतले १८ वर्ष कैद सजाय तोकेको छ । बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

कैद सजायको फैसलासँगै अदालतले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको हो ।

लामाले २०७८ असार २ गते बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर बलात्कार गरेका थिए । लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भनेर झुक्याएर होटलमा लगेर बलत्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अभियुक्त लामालाई क्षेत्रीय कारागार भीमफेदीमा राखिएको छ ।