कर्णालीबासीको प्रतिव्यक्ति आय एक हजार १४७ डलर पुर्याइने

सुर्खेत : पाँच वर्षभित्र कर्णालीबासीको प्रतिव्यक्ति आय एक हजार १४७ अमेरिकी डलर पुर्याइने लक्ष्य राखिएको छ । कर्णाली प्रदेश योजना आयोगले तयार पारेको प्रथम पञ्चर्षीय योजनामा आर्थिक वर्ष २०७६/७७ देखि ०८०/८१ सम्म प्रतिव्यक्ति आयलाई बढाएर एक हजार १४७ डलर पुर्याउने लक्ष्य राखिएको हो ।
अहिले कर्णालीका नागरिकको प्रतिव्यक्ति आय ८२६ डलर छ । गत वर्षदेखि उक्त योजना लागु भएको कर्णाली प्रदेश योजना आयोगका सदस्य दिपेन्द्र रोकायले बताए । रोकायका अनुसार प्रदेशलाई अतिकम विकसितको स्तरबाट ०८०/०८१ भित्र मध्यमस्तरको प्रदेशमा रुपान्तरण गरिने छ ।
पञ्चवर्षीय योजनामा आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य सार्वजनिक गरिएको छ । योजना आयोगले पञ्चवर्षीय योजनासँगै ‘कर्णाली सोच–२१००’ पनि तयार पारेको छ । २५ वर्षलाई ३ चरणमा कार्यविभाजन गरी विकासका मोडल बनाइएको योजना आयोगका सदस्य रोकायाले बताए । उनले २१०० भित्र कर्णालीलाई विकसित प्रदेशमा रुपान्तरण गरी प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको बताए ।
कर्णाली सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ बनाउने सोच पूरा गर्न पहिलो पाँच वर्षमा ‘समृद्धि र सुखको सिर्जना’ नारासहित शिक्षा, स्वास्थ्य, उत्पादन र पूर्वाधार तयार गरिनेछ । पाँच वर्षभित्र कर्णालीको बहुआयामिक गरिबी आधा घटाउने लक्ष्य समावेश गरिएको छ । अहिले ५१.२ प्रतिशत गरिबी रहेको कर्णालीमा ५ वर्षभित्र उक्त दर २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको रोकायाले बताए । उनका अनुसार २५ वर्षभित्र उक्त गरिबीलाई ३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
अहिले ६७.५ प्रतिशत परिवार विद्युतको पहुँचमा रहेको भन्दै प्रदेश सरकारले २०८० सम्म ९० प्रतिशत परिवारमा बिजुली पुर्याउने लक्ष्य राखेको हो अहिले ६६ प्रतिशत साक्षरता रहेको प्रदेशमा ५ वर्षभित्र ९५ प्रतिशत पुर्याउने लक्ष्य सार्वजनिक गरिएको हो ।
अघिल्लो वर्ष पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरिएको थियो । ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को सोच पूरा गर्न समृद्धिका पाँच र सुखारीका सात गरी १२ वटा लक्ष्य तय गरिएको छ । जसमा ६ वटा प्रदेश रणनीति तय गरिएको सदस्य रोकायको भनाइ छ ।
प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबैको सहयोगले मात्र पञ्चवर्षीय योजना कार्यान्वयन सम्भव भएको बताएका छन् । कर्णाली प्रदेशको साझा एजेण्डा भनेकै बिकास भएकाले यसमा सबैको सक्रिय सहभागिता हुनु पर्ने उनले बताए । कर्णालीमा लगानीको केन्द्रबिन्दु बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको उनको बुझाई छ ।
सरकारको बजेट कार्यन्वयन र नीजी लगानीमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ थियो । योजना बनाउनु नै सबै भन्दा उपलब्धी भएकाले यसलाई कार्यन्वयनमा पनि त्यति नै सक्रिय बनाउनु पर्ने शाहीले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया