कुलेखानीका तीनवटै विद्युतगृहबाट पूर्ण उत्पादन
मकवानपुर : जाडो मौसम सुरुवातसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै विद्युतगृहबाट जडित क्षमताअनुसार विद्युत् उत्पादन भएको छ ।
कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कुल एक सय ६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिएको छ । कुलेखानी पहिलोले उत्पादन गरेपछि त्यसैको पानीबाट दोस्रो र तेस्रोले बिजुली उत्पादन गर्छ ।
कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी पहिलो जलविद्युत् केन्द्रका प्रमुख धीरेन्द्र चौधरीले बताउनुभयो ।
यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी पहिलो जलविद्युत् केन्द्रको नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिनुभयो ।
यता प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले प्रणालीको आवश्यकताअनुसार कुलेखानीका विद्युत् गृह सञ्चालन भएको बताए । ‘सुख्खा मौसम सुरु भयो, प्रणालीको आवश्यकता अनुसार कुलेखानी सञ्चालन गर्नुपर्ने हुन्छ,’ भट्टराईले शुक्रबार इकागजसित भने ।
उनका अनुसार यतिखेर निजी र प्राधिकरण गरी प्रणालीमा नौ सय ५० मेगावाट बिजुली उपलब्ध छ । दिउँसोका लागि भारतबाट आयात नगण्य हुने गरेको छ भने बेलुकीको अत्यधिक खपत समय (पिक) माए एक सय ५० मेगावाटसम्म आयात हुने गरेको छ ।
यस्तो पिकको अवधिक एक, डेढ घण्टा मात्र हुने उनले बताए । पिकमा विद्युत् माग १३ सय मेगावाटसम्म पुग्ने गरेको भट्टराईले बताए ।
(रासस)

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया