मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

कैलाली - कैलालीको धनगढीमा जारी ‘दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलका खेलमा जित हासिल निकाल्दै आर्मीले उपाधि चुमेको हो ।
फाइनल खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधी चुमेको हो । निकै रोमाञ्च रहेको प्रतियोगितामा पहिलो र दोश्रो सेत २५–२३ र २५–२० जितेको आर्मीले तेस्रो सेट भने १८–२५ मा गुमाउन पुगेको थियो ।
तर, चौथो सेट २५–२२ ले जित्दै आर्मीले फाइनल जितेको छ । प्रतियोगिताको विजेता बन्दै आर्मीले नगद चार लाख पुरस्कार राशी संगै ट्रफी र मेडल पाएको छ । त्यस्तै उपविजेता प्रहरीले दुई लाख नगद र तेस्रो हुने टोली गण्डकी प्रदेशले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । विजयी खेलाडी र टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर धामी, ओलम्पिएन दीपक बिष्टलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया