नेपालले दियो पीएनजीलाई २७९ रनको लक्ष्य
काठमाडौँ - दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २७९ रनको लक्ष्य दिएको छ । आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ बनाएको थियो । अन्तिम ओभरमा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले १६ रन जोडेपछि नेपालले पपुवा न्युगिनीमाथि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो ।
दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी १४० बलमा १०५ रन बनाउँदै आउट भए ।
दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । शुक्रबार मात्र रोहित पौडेलले शतक हान्दै पारस खड्काको रेकर्ड तोडेका थिए ।
पुरै ५० ओभर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र अनिल शाहलाई सस्तैमा गुमाए पनि दीपेन्द्र र देव खनालले १ सय २९ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । ओपनिङको समस्या खेप्दै आएको नेपालले कुशललाई शून्य र अनिल शाहलाई २ रनमा गुमाएको थियो ।
नेपालको ब्याटिङको हाइलाइट दीपेन्द्र रहे । सुस्त सुरुवात गरेका उनले १ सय ४० बल खेल्दै शतक प्रहार गरे । एक दिवसीयमा दीपेन्द्रको यो पहिलो शतक हो । उनले खेलमा ७ चौका प्रहार गरेका थिए ।
शुक्रबार शतकसँगै नेपालको तर्फबाट थुप्रै कीर्तिमान पनि बनाएका रोहित पौडेलले ३५ रनको योगदान गरे । एक ओभरमा लगादार २ विकेट गुमाएको नेपालले रोहित र भिम सार्कीलाई एकै ओभरमा गुमाएको थियो । विपक्षी बलरले स्टम्प उडाउनुअघि भिम सार्कीले २६ रन बनाए । पपुवा न्युगिनीका अलेइ नाओले ३ विकेट लिए भने नोरमान भानुअले २ले दुई विकेट लिए । चाड सोपर र चाल्र्स अमिनीको भागमा एक एक विकेट पर्यो ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया