दार्चुलामा ट्याक्टर दुर्घटना, एक जना घाइते

दार्चुला - दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडामा शनिबार बिहान १० बजेतिर ट्याक्टर दुर्घटनामा परेको छ ।
सडकको काम गरिरहेको कन्स्ट्रक्सनको ट्याक्टर दुर्घटनामा परेको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।
पारस ओडले चलाइरहेको से१त ५४९६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार बासुदेब जोशी घाइते भएका छन् ।
दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएका जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चालक ओड प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख विश्वकर्माले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया