भरतपुर मेयर कपको उपाधि चितवनलाई

चितवन- यहाँ भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । दुई सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।
दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै छ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै तीन विकेट लिए ।
पहिलो इनिङमा चितवनले ५५ ओभरमा नौ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।
मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै पाँच विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै तीन विकेट लिए । पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भए। उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर पाँच विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा दुई विकेट लिए ।
प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले आठ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले आठ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे ।
प्रतियोगिताका विजेता चितवन र उपविजेता मकवानपुरलाई समापन समारोहका भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरे।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया