एनएसएल अक्सन : सुजलसहित ८ खेलाडीलाई महंगो मूल्य

काठमाडौँ : नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगितामा ८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । शुक्रबार भएको अक्सनमा ‘ए’ श्रेणीमा रहेका ८ जना खेलाडीले अधिकतम मूल्य २ लाख रुपैयाँ पाएका हुन् । सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी र विकास खवास, एरिक बिष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् । अधिकतम मूल्य पाएका खेलाडीहरू लक्की ड्रमार्फत उनिहरूको टोली तय गरिएको थियो । अक्सनबाट कुल ९८ जना खेलाडी बिक्रि भएका थिए । जसमा ए श्रेणीबाट २१ जना, बी श्रेणीबाट ४१ जना र सी श्रेणीबाट ३६ जना खेलाडी अक्सनमा बिक्रि भए ।
खेलाडी अक्सनमा केहि स्टार खेलाडी विक्रि भएनन् । जसमा अनुभवी खेलाडी विरान महर्जन, रविशंक पासवान, राजेन्द्र रावल, जर्ज प्रिन्स कार्की हेमन्त थापामगर, जुमनु राई जस्ता खेलाडी विक्रि भएनन् । सात टिमले एक सय ५९ खेलाडीमाथि अक्सनमा बोली लाग्दा टिमले माथि उल्लेखित खेलाडीमा कसैले पनि बोलि लगाएनन्
बैशाख ११ गतेबाट हुने प्रतियोगिताको अक्सनबाट हरेक टिमले १४-१४ खेलाडीलाई अनुबन्ध गरेको हो । अब खेलाडीले कोटा अनुसार तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन भने दुई जना ट्यालेन्ट हन्टबाट छानिनेछन । प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले यसअघि मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया