सानेपामा आज प्रदर्शन नहुने, भोलि भेलामार्फत विरोध जनाउने

काठमाडौँ - नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमतिबिना नै मनोनयन गरेको भन्दै असन्तुष्ट डा. शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।
गत शुक्रबार देखि सुरु भएको केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।
‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहरूको भेला भोलि बोलाईएको छ, सोही भेलाबाट विरोध जनाउने छौँ’ रानाले भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ ।
गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया