च्याम्पियन्स लिग : लिभरपुल र रियल भिड्ने, चेल्सीको विपक्षी ‘सप्राइज प्योकज’ पोर्टो

काठमाडौँ : च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लिभरपुल र रियल म्याड्रिड भिड्ने भएका छन् । युईएफएले शुक्रबार जारी गरेको ड्र अनुसार सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा भिडेको दुई टिम यसपटक अन्तिम आठमा भिड्ने भएका हुन् । त्यस्तै प्रतियोगिताको अर्को क्वार्टरफाइनलमा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्ड आमनेसामने हुनेछन् । उता अर्को हेभिवेट भिडन्तमा बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्नेछन् । यी दुई टिम पछिल्लो संस्करणको फाइनलमा पुगेका थिए । उता अर्को इंग्लिस क्लब चेल्सीले भने पोर्चुगिज क्लब एफसी पार्टोलाई विपक्षीका रुपमा पाएको छ ।
च्याम्पियन्स लिगमा लिभरपुल र रियलबीचको प्रतिद्वन्द्वता नयाँ होइन । सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा रियलसँग पराजित लिभरपुल हेड टु हेडमा स्पेनी क्लब भन्दा अगाडि छ । लिभरपुलले दुई वर्षअघिको फाइनल गुमाए पनि त्यसअघि रियललाई तीन पटक पराजित गरेको छ । यी दुई क्लबले कुल १९ पटक च्याम्पियन्स लिग जितेका छन् ।
उता सिटीले भने अहिले सम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । पेप ग्वार्डिओलाको नेतृत्वमा सिटी सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन । एर्लिङ हालान्ड, जेडन सान्चो, रहिम र्स्टलिङ, बर्नादो सिल्भा लगायतका आक्रमक खेलाडी सहभागी हुने भएकाले दुई टिमबीचको खेल आर्कषक हुने अपेक्षा गरिकएको छ ।
उता पोर्टो भने च्याम्पियन्स लिगमा अप्रत्यासित टिमका रुपमा देखा परेको छ । जोसे मौउरिन्होको नेतृत्वमा १७ वर्षअघि च्याम्पियन्स लिग जितेको पोर्टोले यसपटक अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डो सम्मिलत युभेन्टसलाई हराएको थियो । थोमस टुचेल प्रशिक्षक बनेपछि एउटै खेल नहारेको चेल्सी र पोर्टोबीचको खेलको विजेताले लिभरपुल र रियलबीचको विजेतालाई सेमिफाइनलमा चुनौति पेश गर्नेछ ।
बार्यनले पीएसजीलाई पराजित गर्दै गत सिजन च्याम्पियन्स लिगको उपाधिमाथि कब्जा जमाएको थियो । यसपटक पनि बार्यन बलियो लयमा छ । घरेलु लिगमा शीर्षस्थानमा रहेको बार्यन यस सिजन च्यामिपयन्स लिगमा पनि अपराजित छ । उता पीएसजीले घरेलु लिगमा दोस्रो स्थानमा छ । च्याम्पियन्स लिगमा भने पीएसजी बलियो देखिएको छ । कमसेकम अन्तिम १६ मा । जहाँ उसले बार्सिलोनालाई पन्छायो ।
च्याम्पियन्स लिगका अन्तिम आठका पहिलो लेगका खेलहरु अप्रिल ६ र ७ मा हुनेछन् । त्यस्तै दोस्रो लेग एक साता पछि खेलाइनेछ । सेमिफाइनलका पहिलो लेगका खेलहरु भने अप्रिल २७ र २८ मा सञ्चालन हुनेछन् । दोस्रो लेग एक साता पछि हुनेछ । उपाधि भिडन्त भने मे २९ मा टर्किस सहर इस्तानबुलमा हुनेछ ।
च्याम्पियन्स लिग कवार्टरफाइनल ड्र
म्यानचेस्टर सिटीविरुद्ध बोरुसिया डर्टमन्ड
पोर्टोविरुद्ध चेल्सी
बार्यन म्युनिखविरुद्ध पीएसजी
रियल म्याड्रिडविरुद्ध लिभरपुल
सेमिफाइनल ड्र
बार्यन म्युनिख-पीएसजीविरुद्ध म्यानचेस्टर सिटी-बोरुसिया डर्टमन्ड
रियल म्याड्रिड-लिभरपुलविरुद्ध पोर्टो-चेल्सी

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया