सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा

काठमाडौँ- सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ ।
रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनी पदमुक्त भए ।
पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुद्ध उनले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमार्फत् उनले सांसद पदबहालीको माग गरेका छन् ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेका थिए ।
गत ७ चैतमा भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्नुपर्ने निर्णय गरेको थियो । यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया