जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको प्रश्न : स्थानीय तहमा फेरि किन दोहोरिने ?

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने/नहुने विचार गर्न आग्रह गरेका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरूले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए ।
पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । दोहोरिने चाहना प्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नभएको बताए।
‘राजनीति गर्ने मान्छेमा म यो जिम्मेवारीमा जान चाहान्छु भन्ने हुन्छ । चाहाना एउटा हो । तर किन जाने ?,' उनले भने, 'कति पटकको कुनै अर्थ छैन । इतिहासमा कतिपटक एक ठाउँमा लेखिएला । तर के गर्यो महत्वपूर्ण हुन्छ । एकजनाले एकपटकमा राम्रो गर्यो भने अर्को सात/आठ चोटी निर्वाचित भएर त्यहीँ ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ ? महत्व एकपटकको हुन्छ । मेरो अनुरोध छ, यहाँहरू दोहोरिन चाहानुहुन्छ, के को लागि ? म समाज र पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र दोहोरिएर के अर्थ हुन्छ ?’
अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया