पदकै लागि एमालेमा गएका बादलहरू अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ : पौडेल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादल (राम बहादुर थापा-लेखराज भट्ट-टोपबहादुर रायमाझी)हरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाए ।
'बादल, टोपबहादुर रायमाझीलाई पार्टीले सरकारमा पठाएको थियो,' मन्त्री पौडेलले भने, 'पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।'
आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताए । 'आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,' मन्त्री पौडेलले भने, 'आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।'
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताए । माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए ।
उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरूले रजाइ गरेको बताए । 'माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलब्धी भए, उपलब्धी गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो' मन्त्री पौडेलले भने, 'माओवादीकै उपलब्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कु गर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।'
माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिकसहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गरे । उनले समाजवादी क्रान्तिको लागि शक्तिशाली पार्टी निर्माणको संकल्प गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया