शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत

भक्तपुर – भक्तपुरमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ जलामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ समेत गरेको छ ।

परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।