१७ वर्ष मुनिकाले मर्लिन मुनरोको बायोपिक हेर्न नपाउने

लसएन्जल्स - मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ले मोसन पिक्चर एसोसिएसनबाट एन १७ रेटिङ पाएको छ । फिल्ममा प्रशस्त अन्तरंग दृश्य भएको भन्दै एसोसिएसनले फिल्मलाई एन १७ रेटिङ दिएको हो । यो रेटिङ पाउने फिल्मले १७ वर्ष मुनिका दर्शकलाई हलमा छिराउन पाउँदैनन् । पछिल्लो समय यस्तो रेटिङ पाउने ‘ब्लोन्ड’ दुर्लभ फिल्म हो । नत्र एडल्स रेटिङ पाउने फिल्मले पनि अभिभावकका साथमा गएर यस्ता फिल्म हेर्न पाउँथे ।
निर्देशक एन्ड्रुयु डोमिनिकले फिल्म सरकारी कार्यालयमा देखाउनलाई नबनाएको भन्दै आफू फिल्मका दर्शकलाई लिएर पहिल नै तयार रहेको बताएका छन् ।
नेट्फ्लिक्समा समेत आउने यो फिल्म मर्लिन मुनरोको ७ सय पेज लामो जीवनीमा आधारित रहेको छ ।
नेटफ्लिक्सले ‘ब्लु इज दि वार्मेस्ट कलर’पछि एन १७ रेटिङ पाएको पहिलो फिल्म प्लेटफर्ममा राख्न लागेको हो । तर हलमा वा नेटफिल्क्समा यो फिल्म कहिले आउँछ ? मिति सार्वजनिक भइसकेको छैन । फिल्ममा मर्लिन मुनरोको भूमिका एना डे आरमसले निर्वाह गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया