एकैपटक काठमाडौंको तीन स्थानमा एभरेष्ट बैंककाे नयाँ शाखा

काठमाडौं – एभरेष्ट बैंकद्वारा जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा उद्घाटन गरेको छ । उक्त बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाण्डाैमा नयाँ शाखाहरु उद्घाटन गरेको जनाएको छ ।
जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र काठमाडौं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् । साथै, जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक बाल गोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरेका छन् ।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिगले तीन वटै स्थानका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया