आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

नहरमा बेवारिसे शव भेटियो

कञ्‍चनपुर : भीमदत्त नगरपालिका-५ महाकाली सिँचाइको उत्तरतर्फको नहरमा आज अन्दाजी ४० वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नहर किनारामा पानीमा दुवै खुट्टाको घुँडा खुम्चिएर जमिन टेकिइ दुवै हात र टाउको समेत नहरको जमिनमा टेकिएको हिलो माटो लागेको अवस्थामा शव फेल परेको हो ।    'पानीले भिजेर चाउरी परेको लेउ लागेको अवस्थामा शव फेला परेको छ' उनले भने, 'फेला परेको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।' घटनास्थलमा लाश जाँच मुचुल्का गरी शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । रासस