कुशलले तोडे भारतीय ब्याटर राहुलको कीर्तिमान

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल टी–२० क्रिकेटमा भारतीय प्रमुख ब्याटर के एल राहुलको नाममा उक्त कीर्तिमान रहेको तोडेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको खेलबाट भुर्तेलले कीर्तिमान बनाएका हुन
उनी सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बने। किर्तिपुरमा जारी पीएनजीविरुद्धको खेलको पहिलो बलमै उनले बाउण्ड्री पार गराएका थिए ।
पिएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघि भुर्तेलले ५०० रन पूरा गरे । उनले ११ बल खेल्दै २० रनको योगदान दिए । उनले राहुलको कीर्तिमान १२ औं खेलमा तोडेका हुन् । भारतीय ब्याटर राहुलले १३ औं खेलमा ५०० रन पूरा गरेका थिए ।
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको सुरुआती खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ। टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको हो ।
सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता छ । नेपालले दुवै टोलीसँग दुई–दुई खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया