मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं – मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । उक्त योजना अनुसार बैंकले राप्ती गा.पा. – ०८, पिपरी, दाङ्ग स्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबिन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको हो ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रम बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्ने ज्येष्ठ नागरिक , अशक्त नागरिकको पुनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको जनाएको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया