एकै बलमा २८६ रन !

काठमाडौँ - क्रिकेटमा एकै बलमा कति रन बन्न सक्छ ? सामान्य अवस्थामा ब्याट्सम्यानले छक्का प्रहार गरे त्यो नै एकै बलमा बन्ने धेरै रन बुझ्न सक्छौं ।
तर एकै बलमा २८६ रन बनेको थियो भन्दा पत्याउनु हुन्छ ? ब्रिटिस पल मल ग्याजेटको १५ जनवरी १९८४ मा छापिएको एक लेखमा यस बारे लेखिएको छ । अष्ट्रेलियाको बनबरीमा खेलिएको खेलमा भिक्टोरिया नामको टोलीले सो रन बनाएको थियो । खेलमा भिक्टोरियाको ब्याटिङका बेला हिर्काएको पहिलो बल नै रुखमा गएर अड्किएको थियो ।
फिल्डिङ टिमले त्यो बललाई हराएको मान्न र नयाँ बलले खेल सुचारु गर्न भनेपनि अम्पायरले बल देखिरहेको भन्दै बल झिक्न लगाएका थिए । त्यस रुखलाई काटेर बल झिक्दा सम्म क्रिजमा दाैडेर ब्याट्सम्यानले २८६ रन बनाएको लेखिएको छ । २२ यार्डको क्रिकेट पिचमा रन लिएर २८६ रन बनाउनु भनेको करिब ६ किलोमिटर दौडनु हो ।
यद्यपि यसलाई पत्याउन सकिने अरु आधार भने छैनन् । टेस्ट क्रिकेटमा एकै बलमा बनेको सबैभन्दा बढी रन भने ८ रन हो । टेस्ट क्रिकेटमा ४ पटकसम्म एकै बलमा ८ रन जोडिएको छ । यसको पछिल्लो उदाहरण भनेको अष्ट्रेलियाका एन्ड्रयु सिमोन्स र माइकल क्लार्कले जोडेको ८ रन हो । न्युजिल्यान्डका इयन ओ ब्रायनले गरेको बलमा सिमोन्स र क्लार्क ४ रन भागेको थिए भने ४ पटक सम्म ओभर थ्रो भएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया