पिएनजीले गुमायो दोस्रो विकेट

काठमाडाैँ- त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि–ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपालले पीएनजीको दोस्रो विकेट लिएको छ ।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले खेलको तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । कामीले लेगा सिएकालाई आरिफ शेखको हातबाट क्याच आउट गराएक हुन् । यसअघि करन केसीले टोनी उरालाई ५ रनमा आउट गराइसकेका छन् ।
जारी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया