पीएनजीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल विरुद्धको टि–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा १८४ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले तेस्रो विकेट गुमाएको छ । नेपालका लागि अभिनास बोहराले तेस्रो विकेट लिएका हुन् । कार्लेस अमिनीलाई बोहराले बोल्ड आउट गरेका छन् । १० बलमा २२ रन बनाएका अमिनीलाई बोहराले खेलको छैटौं ओभरमा आउट गराएका हुन् ।
यसअघि सोमपाल कामीले लेगा सिएकालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका छन् भने करन केसीले टोनी उरालाई ५ रनमा आउट गराइसकेका छन् । जारी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया