त्रिकोणात्मक सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौं । टि–ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको पपुवा न्यू गिनी (पीएनजी)सँगको खेलमा नेपाल १६ रनले विजयी भएको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजी १६८ रनमै समेटियो । नेपालका लागि सन्दिप लामिछाने र करन केसीले समान ३-३ विकेट लिए । यसअघि नेपालले पीएनजीलाई १८४ रनको विशाल लक्ष्य दिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । ३५ बल खेलेका उनले पाँच चौका र एक छक्काको मद्दतले ४३ रन बनाएर आउट भए । त्यस्तै रोहित पौडेलले ३४ रन बनाउँदा कुशल भुर्तेलले २० रन बनाएर आउट भए ।
करण केसी १४ रन बनाएर आउट भए । आरिफ शेखले ३४ रन बनाए । यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया