बीबीसीका म्यानमार संवाददाता बेपत्ता

म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ ।
अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।
'म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उनलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,' उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।
म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सवै प्रयास गरिरहेको पनि जनाइएको छ ।
उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।
बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भए । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ ।
म्यानमारमा गत फेब्रुअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया