दुई दिनमा चीनबाट भित्रियो ४० लाख खोप

काठमाडौँ- चीन सरकारको सहयोगमा कोभिड –१९ विरुद्धको ४० लाख खोप नेपाल ल्याइएको छ । आइतबार ३५ लाख र सोमबार ५ लाख खोप ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।
चीन सरकारको सहयोगमा सिनोभ्याकको खोप ल्याइएको महाशाखाका प्रमुख डा. सुरेश चौरसियाले जानकारी दिए । उनका अनुसार सिनोभ्याक खोप भेरोसेल जस्तै रहेको छ ।
'दुई डोज लगाउनुपर्छ', उनले भने,' आवश्यकता अनुसार सबैलाई यो खोप उपलब्ध वितरण गरिन्छ ।' अतिरिक्त र नियमित खोप आवश्यक परेकालाई लगाइने उनले जानकारी दिए ।
नेपालमा हालसम्म विभिन्न मुलुकबाट अनुदान तथा खरिद गरेर कुल ४ करोड ७८ लाख ८२ हजार ८०० खोप प्राप्त भएको छ । कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन्, फाइजर, अष्ट्राजेनिका खोप विभिन्न मुलुकबाट ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा खोप अभियान सुरु भएदेखि विभिन्न उमेर समूहका गरी ३ करोड ९८ लाख २४ हजार ७८ मात्रा लगाइएको छ । गत वर्ष माघको दोस्रो सातादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको हो ।
भारतबाट अनुदान प्राप्त कोभिशिल्ड खोप लगाइएको थियो । फ्रन्टलाइनरमा काम गर्नेलाई पहिलो चरणमा लगाइएको थियो ।
पहिलो मात्रा १ करोड ८७ लाख ४५ हजार १२०, पूर्ण मात्रा १ करोड ८९ लाख ८७ हजार २२९ र अतिरिक्त मात्रा २० लाख ९१ हजार ७२९ जनाले खोप लगाइसकेका छन्।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया