मेयर भ्रष्टाचार मुद्दामा परेपछि उपमेयर परनिया बनिन् कार्यवाहक नगर प्रमुख

रौतहट - उपमेयर परनियादेवी पटेल रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । बिधिवतरुपले कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर परनियादेवी पटेलले पाएकी छिन् ।
नगरपालिकामा मेयरमा निर्वाचित धर्मेन्द्र पटेलविरुद्ध अख्तियारले मुद्दा हालेसँगै निलम्बित रहेकाले उपमेयर पटेललाई प्रमुखको जिम्मेवारी दिइएको हो ।
कार्यवाहक मेयरको रूपमा पछिल्लो केहि दिनदेखि नगरको कामकाज गर्दै आए पनि बिधिवतरुपमा आज सोमबारदेखि मेयरको जिम्मेवारी सम्हालेको परनियादेवी पटेलले जानकारी दिइन् ।
देवाही गोनाही नगरपालिकाका निलम्बित मेयर धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औं दिन धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौको विशेष अदालतमा गत ७ गते सोमबार ४ लाख रुपैयाँ धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा गत ६ गते आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएका थिए ।
मेयर धर्मेन्द्र पटेल, सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरि ४ जनालाई फागुन १५ गते हेटौंडाबाट गएको अख्तियारको टोलीले दुईलाख ५० हजार नगद र त्यतिकैको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघिनै छुटिसकेका थिए ।
अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरुले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।
पटेलले घुस मागेको सूचनाको आधारमा अख्तियारले उनीविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनी आफ्नो एकजना सहयोगसँगै रकम र चेकसहित पक्राउ परेका थिए । आरोपी धर्मेन्द्र पटेल सहयोगी सहित धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म पटेल निलम्बित रहने कानुनी व्यवस्था छ।
देवाही गोनाही नगरपालिकामा गत स्थानीय निर्वाचनमा जसपाबाट धर्मेन्द्र पटेल मेयरमा र तत्कालीन माओवादीबाट परनियादेवी पटेल उपमेयरमा निर्वाचित भएकी थिइन। उपमेयर पटेल हाल एमालेमा रहेकी छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया