तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार रहेको जेलेन्स्कीको भनाइ

काठमाडौँ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् ।
यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त राखेको छ ।
जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र रूसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको बीबीसीले जनाएको छ ।
यूक्रेनी राष्ट्रपतिले रूसी हमलाले युक्रेनको रूसी भाषा बोलिने शहरहरू पनि ध्वस्त पारेको बताएका थिए ।
युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुनेछ ।
त्यस्तै यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी मागलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
उनले भने, “अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ ।”

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया