एकीकृत समाजवादीको प्रचार विभाग सचिवमा प्रकाश खतिवडा

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन भएका छन् । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो ।
सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए ।
सो अवसरमा अर्का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा विजय पौडेलका साथै प्रचार विभागका सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो ।
पदबहालीपछि नवनियुक्त सचिव खतिवडाले विभागका कार्यलाई व्यवस्थितरूपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त सचिव खतिवडा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षकोसमेत जिम्मेवारीमा छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरेका उनी तत्कालीन प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष, प्रचार विभागको तत्कालीन अञ्चल विभागसहित युवा तथा विद्यार्थीको विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
सचिव खतिवडाले विसं २०४७ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया