'अघोषित लोडसेडिङ'ले हेटौंडाका उद्योग मारमा, ५० प्रतिशतसम्म उत्पादन कटौती
निर्माण कार्यसमेत प्रभावित

मकवानपुर - नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण विद्युत् आपूर्ति बन्द हुँदा हेटौंडाका उद्योगहरू मारमा परेका छन् ।
कोरोना भाइसरको संक्रमणको कारण बन्द रहेका उद्योगहरू विस्तारै बाँमे सर्न लागेको बेला अघोषित लोडसेडिङ हुँदा फेरि समस्या परेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कँडेलले बताए । लगातार १४ घण्टासम्म बत्ति काटिएको कारण उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।
शनिबार ७ घन्टा, आइतबार १२ घन्टा र सोमबार १४ घन्टा बत्ती काटिएको उनले बताए । आज मंगलबार पनि बिहान ६ बजेपछि मात्रै बत्ति आएको र साँझ पनि बत्ती काटिने सम्भावना रहेको उनले बताए ।
भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण देखाउँदै प्राधिकरणले बत्ति काटेपछि हेटौंडाको मात्रै हैन देशका तीन ठूला औद्योगिक करिडोरसहित सयौं उद्योगमा विद्युत् आपूर्ति प्रभावित भएको छ । गत मंगलबार साँझबाट रोकिएको विद्युतको आपूर्ति केही ठाउँमा बुधबार बिहान र केही क्षेत्रमा दिउँसो मात्रै फेरि सुरु भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै चालू अवस्थाका एकसय १० वटा उद्योगसहित १३ वटा संघसंस्था तथा कार्यालयहरू छन् । औद्योगिक क्षेत्रको विद्युत काटिदा उद्योगसँगै यहाँका सरकारी कार्यालयहरू पनि प्रभावित भएका छन् । उद्योगको करिब ५० प्रतिशत उत्पादन कटौती भएको कँडेलले बताए ।
बैंक ब्याजदर, तरलता अभावबाट जुध्दै गरेका उद्योगीहरू अब विद्युत् आपूर्तिको समस्याबाट पीडित हुनुपर्ने अवस्था आएको भन्दै उद्योगिहरू निराश भएका छन् । ‘यो अवस्थाले उद्योगहरूलाई भयावह अवस्थामा पुर्याउने छ,' कँडेलले भने ।
भारतबाट आउने तीन सय मेगावट बिजुलीमध्ये केही परिमाणको आयात रोकिएपछि औद्योगिक क्षेत्रमा मात्रै लाइन काटिएको जानकारी प्राधिकरणले गराएको छ ।
बिजुली आपूर्तिको सुनिश्चितता नहुँदा ओद्योगिक उत्पादनमा ठूलो समस्या देखिएको कँडेलले बताए । विद्युत आपूर्ति नहुँदा उद्योगको उत्पादन मात्रै हैन निर्माण कार्य समते प्रभावित भएको उनले बताए ।
हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै हाल झण्डै २ दर्जन उद्योगहरू निर्माणधीन छन् । बत्ती काटिदा निर्माण कार्य समेत प्रभावित भएको छ ।
भारतबाट बिजुली किन्न गरिएको प्रतिस्पर्धामा प्राधिकरणलाई ‘बिड’ नपरेका कारण बिजुलीको आयात प्रभावित भएको प्राधिकरणले जनाएको छ । नेपालले भारतसँग प्रति युनिट भारु ६ देखि ७ रुपैयाँमा बिजुली किन्ने गरेको थियो ।
गत मंगलबारको प्रतिस्पर्धामा नेपालले भन्दा महँगोमा बिजुली किन्न भारतीय कम्पनीहरू तयार भएपछि नेपाललाई समस्या भएको बताइएको छ । नेपालले प्रतियुनिट ८ रुपैयाँ भारु बोलकबोल गरेकामा बिजुली प्रतियुनिट १२ रुपैयाँ भारुमा अन्यत्र बिक्री हुने भएपछि नेपालमा आपूर्ति रोकिएको हो ।
भारतसँग नेपालले दैनिक औसत ५ सय मेगावट बिजुली आयात गरिरहेकोमा बिहारबाट आउने तीन सय मेगावट बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
उत्पादित विद्युत भारतमै खपत बढेको भन्दै सम्झौताअनुसार बिजुली दिन भारत तयार नभएपछि थप समस्या देखिएको हो ।

३१औं कार्गो दिवस सम्पन्नः लजिस्टिक सशक्तीकरणमा बहस, नीति सुधार र बीबीआईएन कने…

बिकाजी फुड्स र चौधरी ग्रुपबीच संयुक्त लगानीमा सम्झौता

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

प्रतिक्रिया