प्राचिन वस्तु निकालिरहेका पाँच जना पक्राउ

खोटाङ- खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचिन चिजवस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचिन स्मारक चिजवस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् ।
प्राचिन स्मारक चिजवस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ ।
प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचिन स्मारक संरक्षण ऐन कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिसासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महंगो मुल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेषगरी पुराना चिहान खनेर प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु निकाल्ने गरिएको पाइएको छ ।

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

प्रतिक्रिया