आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सुजुकीको 'गेट लक्की विथ सुजुकी' योजना

काठमाडौँ- सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता विजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको  खरिदमा गेट लक्की विथ सुजुकी योजना ल्याएको छ ।

यहि चैत्र १३ देखि वैशाख ३०, २०७९ सम्म लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटर को खरिदमा १० हजार सियोर सट पाउनुका साथै एउटा स्क्रयाच कुपन पाउन सक्नुहुनेछ जसबाट  १ लाखसम्म क्यास ब्याक तुरुन्तै प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।