लक्ष्मी माविमा नयाँ प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
खोटाङ- उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी माविमा निमित्त प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
वडा कार्यालय बडहरेको सिफारिसमा प्रधानाध्यापक नयनकुमार राईलाई निलम्बन गर्दै केदारप्रसाद शाहलाई निमित्त प्रधानाध्यापक तोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले हलेसी तुवाचुङ नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश ठाकुरप्रसाद शर्मा र श्यामजी प्रधानको संयुक्त इजलासले निवेदक राईलाई अपूरणीय क्षति हुनसक्ने तथा संविधान सन्तुलनको दृष्टिबाट रिट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि उल्लेखित निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
वडा कार्यालयको सिफारिसमा नगरपालिकाले गत १६ फागुनमा राईलाई निलम्बन गर्ने र सो ठाउँमा शाहलाई नियुक्ति निर्णय गरेको थियो । सो निर्णयसहितको पत्र २० फागुनमा विद्यालयमा पुगेपछि शाह २१ फागुनमा निमित्त प्रधानाध्यापक बनाइएका थिए । सोही निर्णयविरुद्ध राईले अदालतमा उत्प्रेषण मिश्रित, परमादेश निषेधाज्ञा मुद्दा हालेका थिए । अदालतको अन्तरिम आदेश अनुसार विद्यालयमा पुःन प्रअको जिम्मेवारी फर्केर काम गर्ने वातावरण बनेको राईले बताए ।

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

प्रतिक्रिया