के राजेश हमाल पनि एमाले प्रवेश गर्न लागेका हुन् ?

काठमाडौँ - सोमबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र राजेश हमालबीच भेटघाट भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । तस्बिर सार्वजनिक भएसँगै कतै राजेश हमाल पनि एमाले प्रवेश गर्न त लागेनन् भन्ने चर्चा चल्यो । यो चर्चालाई सत्यको नजिक मान्न सकिने आधार पनि थिए किनकि यी दुवैको भेटमा छेऊमा करिष्मा मानन्धर पनि थिइन् जो भर्खरै एमाले प्रवेश गरेर ओलीसँगै देश दौडाहामा छिन् । शंका गर्ने अर्को आधार पनि के थियो भने कुनै समय करिष्माको फोटो पनि यसैगरि सार्वजनिक भएको थियो । तर करिष्माले यत्तिकै भेट्न गएको बताएकी थिइन् । कालान्तरमा उनले एमाले अध्यक्षको हातबाट टीका लगाएर एमाले प्रवेश गरिन् ।
उनी निकटहरू भन्छन्, राजेश हमाल जीवनको अर्को इनिङ राजनीतिमार्फत् अगाडि गर्ने मुडमा छन् र यसमा पनि उनको खास चासो कुटनीतिमा छ । यसैले उनले बेलाबखत अन्तर्राष्ट्रिय मामिला विज्ञ जस्तो गफ पनि दिने गरेका छन् । केही समयअघि बेलायतको संसद्मा नेपाललाई खोप दिने विषयमा बहस भएपछि उनले पनि फेसबुकमा मध्यरातमा लामो भिडियो पोस्ट गर्दै नेपाल र बेलायतको दौँत्य सम्बन्ध र कुटनीतिमा नेपालको अक्षमताको चर्चा गरेका थिए । यसपछि पनि उनले एकाध भिडियोमा अन्तर्राष्ट्रिय मामलाको विषयमा धारणा राख्ने गरेका छन् ।
यही परिप्रेक्ष्यमा राजेश हमाल र एमाले अध्यक्ष ओलीबीच भेट भएपछि उनको राजनीति प्रवेशलाई लिएर शंका हुनु स्वाभाविक हो । किनकि यसअघि पनि ओलीले हमाललाई भारत भ्रमणमा हमाललाई साथै लिएर गएका थिए । तर सोमबार साँझको तस्बिर भने योजनाबद्ध नभई आकस्मिक रहेको हमाल निकट स्रोतले बताएको छ । दुवै जनाको भैरहवा एयरपोर्टमा आकस्मिक भेट भएको र सामान्य भलाकुसारी चलेको स्रोत बताउँछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया