माइती नेपालमा अनमोल, भन्छन् - सुन्दर मनसँग अनमोल पल’

काठमाडौँ - अभिनेता अनमोल केसीले माइती नेपालका विद्यार्थीसँग भेटघाट गरेका छन् । उनले मंगलबार बिहान माइती नेपालकी अक्ष्यक्ष अनुराधा कोइरालासँगै माइती नेपालका विद्यार्थीसँग अन्तक्र्रिया गरेको सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।
उनले विद्यार्थीसँगको भेटघाट तथा अन्तक्र्रियालाई ‘सुन्दर मनसँग सुन्दर पल’ शीर्षकमा अभिव्यक्त गरेका छन् । उनले सिएनएन हिरो अनुराधा कोइरालासँगको भेटले पनि खुसी लागेको बताएका छन् ।
अनमोल अहिले ‘ए मेरो हजुर ४’को प्रचारमा लागेका छन् । वैशाख १ गते प्रदर्शन हुन लागेको यो फिल्मको केही दिनअघि मात्र ट्रेलर सार्वजनिक भएको थियो । वैशाख १ मा थप तीन विदेशी फिल्म आउने चर्चा छ । यसले अनमोलसँगै निर्माण टिम तनावमा छ । फिल्ममा अनमोलले सुहाना थापासँग दोस्रो पटक जोडी बाँधेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया