शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

शौच गर्न मकैबारी छिरेका युवकको करेन्ट लागेर  मृत्यु

वीरगन्ज : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बाराको बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको हो । 

स्थानीय उपदेश चौधरी बिहान साँढे ६ बजेको समयमा शौच गर्न स्थानीय दिपनारायण चौधरीको मकै खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिपनारायण चौधरीले  मकैको बाली जनावरबाट जोगाउन जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् । 

अनुमति नलिई खेतमा करेन्ट प्रवाह गरेको आरोपमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।