स्थानीय तहको निर्वाचनमा अपनाउने रणनीति बारे लोसपामा छलफल

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा अपनाउने रणनीति बारे छलफल सुरु गरेको छ ।
बुधवार पार्टी कार्यालय बबर महलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।
बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेको बताए । उनले नेताहरुले बोल्ने क्रम नसकिएकोले भोलि पनि बोल्ने प्रक्रिया जारी रहने बताए ।
नेता कर्णले भने, ‘स्थानीय निर्वाचन धेरै नजिक आयो, स्थानीय निर्वाचनमा कसरी हामी जान के गर्ने ? र अहिलेसम्म हामीले के गरेका छौँ ? पार्टीको एक्टिभिटी त्यो सम्बन्धमा व्यापक छलफल भयो । त्यसपछि विधान हाम्रो परिमार्जन निर्वाचन आयोगमा दर्ता भएको छ । त्यसको केही परिमार्जन गर्ने हामीले एउटा पद्धति बनाएर, कमिटी बनाएर मस्यौदा तयार गरेका छौँ । भोलि त्यसलाई फाइनल गर्नेछौँ । त्यो सम्बन्धमा पनि विधानको सम्बन्धमा अध्ययन गर्न सबैलाई मौका दिएको छ । मुल रुपमा इलेक्शनको लागि हामी बस्यौँ । भोलि १ बजे फेरि बैठक बस्छ ।’
लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बिहीवार १ बजे बस्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया