सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

‘आगामी निर्वाचनमा एमालेले गुणात्मक सफलता हासिल गर्छ’

फाइल फोटो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । 

अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे । 

प्रेस चौतारी रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गरे । 

पौडेलले समृद्धि, विकास र सामाजिक न्यायका लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आमसञ्चार माध्यममार्फत जनतामा ल्याउन सञ्चारकर्मीलाई आग्रह गरे ।