शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

५ किलो बढी गाँजासहित एक पक्राउ

मकवानपुर - लागूऔषध गाँजाको कारोबारमा संलग्न ७० वर्षीय वृद्धा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७० वर्षीय गणेश रायलाई पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट ५ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा उपमहानगरपालिका १९ नेवार पानी पूर्व पश्चिम राजमार्ग सडकखण्डबाट रायलाई पक्राउ गरेको हो ।

भारतको छाप्रा जिल्ला सबलपुर बस्ने रायले लागूऔषध गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।