जिमेल अकाउन्ट बिर्सिनुभयो ? यसरी रिकभर गर्न सकिन्छ

काठमाडौँ- एन्ड्रोइड चलाउनको लागि जिमेल नागरिकता जस्तै रहेको छ । जिमेलको प्रयोग बिना एन्ड्रोइड फोनमा भएका विशेषताहरू प्रयोग गर्न सक्दैनौँ । फोनमा प्रयोग हुने जिमेलमा हाम्रा महत्वपूर्ण सूचनाहरू रहेका हुन्छन् ।
गुगलको यो जिमेल सेवा मेल पठाउन वा प्राप्त गर्नका लागि मात्रै होइन अन्य धेरै एप, वेबसाइटहरूसमेत स्मार्टफोन चलाउनका लागि गुगल आइडी अर्थात् जिमेल आइडी वा जिमेल खाता आवश्यक हुने गर्छ ।
हामीले प्रयोग गर्ने जिमेलको आइडीको पासवर्ड बिर्सिएमा यसलाई कसरी रिकभर गर्ने भन्ने कुरा निकै कठिन हुन जान्छ । जिमेलको पासवर्ड बिर्सिएको खण्डमा कसरी रिकभर गर्ने भन्ने विषयमा जानकारी दिइन्छ ।
जिमेल अकाउन्ट नै बिर्सिएमा
धेरै इमेल भएको खण्डमा जिमेल खाता नै बिर्सिने सम्भावना समेत हन्छ । जिमेल खाता बिर्सिएको अवस्थामा यसका लागि जिमेलको होम पेजमा इमेल बिर्सिनुभयो भन्ने विकल्पमा जानुहोस् । त्यसपछि त्यहाँ फोन नम्बर वा इमेल ठेगाना राख्नुहोस् ।
त्यसपछि आउने अर्को विकल्पमा नाम र थर राख्नुहोस् । नाम र थर राखेपछि रिकभरी इमेलमा एक नम्बर पठाउँछ। रिकभरी इमेल पठाएपछि त्यस इमेललाई रिकभरीमा राखेका इमेल देखा पर्छन् ।
जिमेल पासवर्ड बिर्सिएमा
तपाईंले माथि उल्लेखित विधि प्रयोग गरेर आफ्नो इमेल खाता पुन: प्राप्त गर्न सक्नछन् । तर यदि तपाईंलाई आफ्नो पासवर्ड पनि याद छैन् भने जसको लागि केहि थप चरणहरू आवश्यक पर्दछ ।
खाताहरू रिकभर गर्ने मात्र होइन, आफ्नो इमेल आइडी थाहा पाएका तर पासवर्ड बिर्सेका प्रयोगकर्ताहरूका लागि पनि निम्न विवरणहरू उपयोगी हुनेछन् । इमेल आइडीको पासवर्ड पनि रिकभर गर्नका लागि गुगल अकाउन्ट रिकभरी पेजको मद्दत लिनुपर्छ ।
लगइन पेजमा प्रयोगकर्ताले पासवर्ड बिर्सिएको विकल्प चयन गर्नुपर्छ । यहाँ तपाईलाई पुरानो पासवर्ड सोध्छ । यदि तपाईंलाई कुनै अघिल्लो पासवर्ड याद छ भने त्यो पासवर्ड राख्नुहोस् । अन्यथा अन्य तरिका प्रयास गर्नुहोस् को विकल्प रोज्नुहोस् ।
यदि तपाईंले आफ्नो फोन नम्बरसँग इमेल आइडी लिङ्क गर्नुभएको छ भने, एकै समयमा तपाईंले फोन तथा इमेलमा नोटिफिकेशन प्राप्त गर्न सक्नुहुन्छ । यसरी आएको नोटिफिकेशनमा तपाईंको जिमेलको पासवर्ड परिवर्तन गर्न सक्नुहनेछ ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया