बेंगलोरले कोलकतालाई हरायो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ ।
बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसिबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्यो । आरसिबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।
केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो ।
केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए ।
केकेआरलाई सस्तैमा समेट्न आरसिबीका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया