एएफसी कप छनोटका लागि ब्लु स्टार नेपालमा

काठमाडौं – एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको खेलका लागि श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लब काठमाडौं आईपुगेको छ । आगामी मंगलबार ब्लु स्टारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबविरुद्ध खेल्नेछ ।
श्रीलंकन टोली बिहीबार काठमाडौं आईपुगेको हो । मछिन्द्र क्लबका पदाधिकारीले ब्लु स्टार टिमलाई विमान स्थलमा स्वागत गरेका थिए । ब्लु स्टार र मछिन्द्रबीच हुने खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानविरुद्ध खेल्नेछ । उक्त खेल खेल अप्रिल १२ मा हुनेछ ।
मछिन्द्रले लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि हात पारेपनि पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । यस अघि मछिन्द्रसँग क्लब लाइसेन्स नभएका कारण उक्त मौका गुमाउने पुगेको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया