करणको कीर्तिमान

काठमाडौं – करण केसी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली क्रिकेटर बनेका छन् । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत करणले ५ विकेट हात पारेका हुन् ।
करणले पपुवा न्यूगिनीविरुद्ध बिहीबार भएको खेलमा ५ विकेट हात पार्न सफल भए । उनले पीएनजीविरुद्ध ह्याट्रिक समेत पूरा गरे । टी–ट्वान्टीमा ह्याट्रिक लिने करण पहिलो नेपाली खेलाडी समेत बनेका छन् । करणले अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेका थिए ।
त्यतिमात्र नभएर नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने करण दोस्रो खेलाडी समेत बनेका छन् । यस अघि सन्दीप लामिछानेले पहिलो पटक ५० विकेट पूरा गरेका थिए ।
करणको कीर्तिमानी बलिङसँगै नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्यो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया