हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

हेटौँडा : स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे ।
आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीबाट घोषित भए ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गरेका थिए ।

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया