लालपुर्जा वितरण कानुन विपरीत: एमाले रुपन्देही

भैरहवा - नेपाली कांग्रेसले सरकारी कागजात वितरण गर्नु कानुन विपरीत भएको भन्दै एमाले रुपन्देहीले आपत्ति जनाएको छ ।
ओमसतिया गाउँपालिका-२ करबलामा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणबाट सरकारी कागजात वितरण हुनु कानुन विपरीत भएकोले एमाले रुपन्देहीले आपत्ति जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैर कानुनी तरिकाले लालपुर्जा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारी ओहोदामा बसेको वा जनप्रतिनिधि वा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले मात्र वितरण गर्न पाउने उक्त सरकारी कागजात राजनीतिक पार्टीका नेतालाई प्रयोग गरेर वितरण गरिएको प्रति एमालेको आपत्ति छ ।
`एमालेले रामकृष्ण खाण नेपाली कांग्रेसको सभापति बाहेक वर्तमान कुनै सार्वजनिक पद धारण गरेको व्यक्ती पनि होइन । उहाँ कुनै बेलाको जनप्रतिनिधि पनि होइन । सरकारी कार्यालयको कर्मचारी पनि होइन । उहाँले कसरी भूमिहीनका लालपुर्जा लगेर वितरण गर्नु भयो यो गम्भीर विषय हो,` एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले भने ।
लालपुर्जा विहीनले लालपुर्जा पाउनु पर्ने उनले बताए । `निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले सरकारी कार्यालयको मिलेमतोमा यो काम भएको छ । यसप्रति एमालेको गम्भीर आपत्ति रहेको छ,` उनले भने ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बुधबार ओम सतिया गाउँपालिका-२ करबलाका २४ घरधुरी लालपुर्जा विहीनलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लाल पुर्जा) वितरण गरेका थिए ।
नापी कार्यालय रुपन्देहीका प्रमुख कृष्णप्रसाद सापकोटाले लालपुर्जा वितरणको विषय आफूले पनि सुनेको तर वास्तविक कुरा केहो भन्ने बुझ्न बाँकी रहेको बताए ।
ओमसतिया गाउँपालिका-२ का अध्यक्ष ज्ञानेश श्रेष्ठले नापी कार्यालयले उपलब्ध गराएका लालपुर्जा कांग्रेस सभापतिलाई प्रमुख अतिथिको रूपमा निम्त्याएर वितरण गरेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया