कांग्रेस संसदीय समिति अविलम्ब गठन गर्न निर्देशन

काठमाडौँ - नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न तहमा विधानमा गरिएको व्यवस्थाबमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति अविलम्ब गठन गर्न निर्देश गरेको छ ।
पार्टी उपसभापति एवं समिति संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा आज बसेको समितिको बैठकले प्रदेशलगायत विभिन्न तहका सभापतिको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्नेसमेत निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले आवश्यक जिम्मेवारी बाँडफाँट गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको छ ।
बैठकमा समिति सदस्य डा प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला र जीवन रानाले आआफ्नो धारणा राखेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया