सुर्खेतका एकल महिला भन्छन्- स्थानीय निर्वाचनमा हामी पनि दाबेदार

सुर्खेत- सुर्खेतका एकल महिलाहरूले स्थानीय निर्वाचनमा प्रतिनिधित्व गराइनुपर्ने माग गरेका छन् । एकल महिलाको सहभागिता भएमा आफुहरूका मुद्दाहरू उठान हुने भएकाले अनिवार्य रुपमा सहभागिता गराइनुपर्ने उनीहरूको भनाई छ ।
एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले आगामी निर्वाचनमा एकल महिलाहरूको प्रतिनिधित्व गराउनको लागि आफ्ना मागहरू उठाइरहेको बताइन् । ‘हाम्रा दिदीबहिनीहरू पनि जनप्रतिनिधिका दाबेदार हुनुहुन्छ’ उनी भन्छिन्, ‘हामी जनप्रतिनिधि हुन सकेमा हाम्रा सवालहरू र अधिकारका सुनिश्चित हुन्छन् ।’
पहिलो निर्वाचनमा केही वडा सदस्यहरू जनप्रतिनिधिमा निर्वाचित भएकाले एकल महिलाका सवालहरू उठान भएको भन्दै अब हरेक वडाहरूमा एकल महिलाका प्रतिनिधित्व गराउन जरुरी रहेको उनको भनाई थियो । यसको लागि सुर्खेतका सबै राजनीतिक दलहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाई छ ।
एकल महिला समूहका कोषाध्यक्ष नन्दा गुरुङले एकल महिला जनप्रतिनिधि भएका वडामा एकल महिलाका कार्यक्रमका लागि बजेट छुट्याउन सफल भएको बताइन् । अब सुर्खेतका सबै पालिकामा एकल महिलाको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ ।
वीरेन्द्रनगर वडा नम्बर ३ का वडासदस्य रामकुमारी थापाले जनप्रतिनिधि निर्वाचित भएपछि एकल महिलाका अधिकारका विषयमा आवाज उठाएको बताइन् । उनले आफ्नो पहलमा बजेट छुट्याएर एकल महिलाका सशक्तिकरणका विषयमा कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिइन् ।
यसैबीच शुक्रबार आयोजना गरेको एकल महिला समूहले सञ्चालन गरेको नयाँ परियोजनाको विषयमा समेत जानकारी गराइएको थियो । जर्मन सरकारको सहयोगमा विरेन्द्रनगरका १६ वटै वडामा तीन वर्षका लागि शान्ति परियोजना सञ्चालन भएको कार्यक्रम संयोजक डिला आचार्यले बताइन् ।
सन् २०२२ जनवरीदेखि २०२४ डिसेम्बरसम्म परियोजना सञ्चालन गरिने उनले बताइन् । परियोजनामा एकल महिलालाई न्यायको पहुँच दिलाउनुका साथै आर्थिक रुपमा सशक्त बनाउने आचार्यले बताइन् । उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले एकल महिलाहरू आफ्ना हक अधिकार प्राप्तिका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले सिमान्तकृत वर्गहरू पछाडी रहेसम्म राज्यको अधिकार पूर्ण नहुने भन्दै यस्ता वर्गलाई अगाडी बढाउन सबै निकायले समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया